राजा ल्याउन हिडेका सांसद शाहीले पूर्वयुवराज्ञी हिमानी र सुपुत्र ह्दयेन्द्रलाई लगे जुम्ला


सुर्खेत । पूर्वयुवराज्ञी हिमानी शाह सुपुत्र हृदयेन्द्रलाई लिएर जुम्ला पुगेकी छन् । जुम्लामा हिमानी ट्रस्टले निर्माण गर्न लागेको अस्पताल (बर्थिङ सेन्टर) शिलान्यास कार्यक्रममा सहभागी हुन पुगेका हुन् ।



जुम्लाको गुठिचौर गाउँपालिका– १, मनिसाँघुमा हिमानी ट्रस्टले बर्थिङ सेन्टर निर्माण गर्दै छ । त्यही शिलान्यास गर्नका लागि पुगेका हुन् ।

उनीहरु स्थानीयले स्वागत गरेका छन् । उनीहरूको साथमा राप्रपाका नेता ज्ञानेन्द्र शाही पनि पुगेका छन् । शाही जुम्लाबाट निर्वाचित सांसद हुन् । उनी देशमा राजा ल्याउनुपर्छ भन्ने अभियानमा लागेका छन् । काठमाडौंमा भएको आन्दोलन अहिले जिल्ला केन्द्रीत भएका बेला पूर्वयुवराज्ञी हिमानी र सुपुत्र ह्दयेन्द्र लिएर आफ्नो निर्वाचन क्षेत्रमा पुगेका छन् ।

हिजो काठमाडौंबाट नेपालगन्ज हुँदै आज खलंगा पुगेका उनीहरूले साँझ ४ बजे होटल कान्जिरोवामा भेटघाट कार्यक्रम समेत राखेका छन् ।

तपाईको प्रतिक्रिया