
सुर्खेत । सुर्खेतमा लागु औषधसहित एक जना पक्राउ परेका छन् । शुक्रबार दिउँसो वीरेन्द्रनगर नगरपालिका– ९ लाटिकोइली स्थितबाट बराहताल गाउँपालिका–६ घर भएका २६ वर्षीया कुशल रोकायलाई प्रहरीले पक्राउ गरेको हो ।
लागूऔषधको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाका आधारमा यस कार्यालय र लागु औषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयूक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवत्ता तथा सूचना अधिकारी मोहनजंग बुढथापाले बताए । उनका अनुसार रोकायको शरिर तथा डेरा कोठा खानतलासी गर्दा तिन ग्राम दुई सय पचास मिलिग्राम लागुऔषध (ब्राउनसुगर० जस्तो देखिने धुलो पदार्थ फेलापारी बरामद गरिएको छ ।

प्रहरी प्रवत्ता बुढथापाका अनुसार रोकायलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको बताए ।


नेपाल कर्म । २४ जेष्ठ २०८२, शनिबार १३:४८