दैलेखमा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु


सुर्खेत । दैलेखमा भरुवा बुन्दुक पड्किदा एक जनाको मृत्यु भएको छ । को महाबु गाउँपालिका–४ बतासेमा सिकार खेलेर फर्किने क्रममा साथीले बोकेको भरुवा बुन्दुक पड्केर एक जनाको मृत्यु भएको हो ।



बिहीबार राति जंगली जनावरको सिकारबाट घर फर्किने क्रममा ओरालो बाटो झर्दा चिप्लिएको साथीको बन्दुक पड्किँदा स्थानीय पूर्णबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनार बताए । उनका अनुसार ३० वर्षीय सूर्यबहादुर थापा बलामी चिप्लिँदा बन्दुकको गोलीले पूर्णबहादुरको छाती र ढाड छेड्दा घटनास्थलै मृत्यु हो ।

घटनाको प्रारम्भिक अनुसन्धान गरिरहेको सूचना अधिकारी प्रहरी निरीक्षक सुनारले जानकारी दिए ।

तपाईको प्रतिक्रिया