अस्पतालको स्तरबृद्धिदेखि दिर्घ रोगीलाई सहायता दिने

कर्णाली प्रदेशको आगामी आर्थिक वर्षको नीति कार्यक्रम

सुर्खेत । कर्णाली प्रदेशको आगामी आर्थिक वर्षको नीति कार्यक्रममा प्रदेशसभामा पेश गरिएको छ । सुदुरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम पेश गर्दै अस्पतालको स्तरबृद्धिदेखि दिर्घ रोगीलाई सहायता दिने कार्यक्रम समेटिएको बताएका हुन् ।



प्रदेश अस्पताल स्तरोन्नति सम्बन्धमा अध्ययन गर्ने उच्चथस्तरीय अध्ययन समितिको प्रतिवेदन बमोजिम प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठा्नको रूपमा विकास गरिने र सुर्खेत मेडिकल कलेज स्थापना गर्न सङ्घीय सरकारसँग पहल गरिने मियाँले बताए । ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठाकनसँगको सहकार्यलाई निरन्तरता दिइनेछ । सङ्घीय सरकारको समन्वयमा प्रदेश अस्पतालमामृगौला प्रत्यारोपण तथा क्यान्सरको किमोथेरापी र जलन उपचार युनिट स्थापना गरिनेछ,’ उनले भने,‘स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउनको लागिजनशक्ति, भौतिक पूर्वाधार, औषधी र उपकरणको सुनिश्चिोतता गरिनेछ । सार्वजनिक बिदाको दिन पनि कर्णाली प्रदेश अस्पतालबाट ओपिडी सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ ।’

तहगत सरकार र अस्पताल विकास समितिको सहकार्य र समन्वयमा प्रदेशमासञ्चापलनमा रहेका अस्पतालहरूको स्तरवृद्धि गरिनेछ र प्रदेश अस्पताल सुर्खेतमा छुट्टै ओपिडी ब्लक निर्माण गरिनेछ मियाँले बताए । ‘सङ्घीय निर्वाचन क्षेत्र, भूगोल, जनसंख्या र रोगको भारको आधारमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थालाई सङ्घ, प्रदेश र स्थानीय तहबिचको साझेदारीमा रणनीतिक अस्पतालका रूपमा स्तरोन्नति गरिनेछ,’ उनले भने,‘जिल्लास्थित अस्पतालमा गुणस्तरीय विशेषज्ञ सेवाको सुनिश्चिातता गरिनेछ ।’

कर्णाली प्रदेशका सबै नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन अभियान सञ्चालन गरिने र । एकीकृत विद्यालय स्वास्थ्य कार्यक्रम लागू गरिने मियाँले बताए । ‘स्वास्थ्य सेवाको पहुँच बाहिरका नागरिकलाई समेट्ने गरी स्वास्थ्य नमूना स्थानीय तह अवधारणा अनुसार सर्वव्यापी पहुँचवृद्धि गरिनेछ,’ उनले भने,‘प्रदेश अन्तर्गतका अस्पतालहरूमा“पेन क्लिनिक’’ सञ्चालन गरिनेछ ।’

प्राकृतिक उपचार पद्धतिको विकास तथा प्रवद्र्धन गर्न आयुर्वेद तथा प्राकृतिक चिकित्सा सम्बन्धी राष्ट्रिय सम्मेलन आयोजना गरिनेछ ।आयुर्वेद तथा प्राकृतिक चिकित्सा विधिको थप सुदृढीकरण गरिनेछ र पथ्यआहार, स्वस्थ जीवनशैली र भान्सा घर औषधालय कार्यक्रम लागू गरिने मियाँले बताए । ‘मातृ तथा बाल स्वास्थ्य र नसर्ने रोगलाई प्राथमिकता दिई अनुसन्धान कार्य गरिनेछ । घुम्तीनागरिक स्वास्थ्य परीक्षण तथा उपचार सेवासञ्चाालन गरिनेछ । महिला स्वास्थ्यस्वयंमसेविकाहरूको क्षमता विकास, प्रोत्साहन, स्वास्थ्य उपचारमा विशेष व्यवस्था मिलाईनेछ,’ उनले भने,‘क्यान्सर, मुटु, मिर्गौला,अल्जाइमर, पार्किन्सन, एनिमिया, रिकेट्स, सिकलसेलएनिमिया, स्पाईनल ईन्जुरी र अटिजम जस्ता दीर्घ रोगबाट पीडित बिरामीको उपचारमा सहायताप्रदान गरिनेछ ।’

मनोसामाजिक परामर्श, मानसिक स्वास्थ्य अवस्थाको शीघ्र पहिचान, व्यवस्थापन र पुनस्र्थापना सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ र सामुदायिक स्वास्थ्य इकाई र एम्बुलेन्स सेवा सञ्चाचलन सहयोगलाई निरन्तरता दिइनेछ ।इ–हेल्थ र दुर चिकित्सा सेवालाई थप सुदृढीकरण गरिने मियाँले बताए । ‘आयुर्वेद अस्पताल तथा स्वास्थ्य केन्द्रको न्यूनतम आवश्यक भौतिक संरचना निर्माण गरिनेछ,’ उनले भने,‘प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रको आयुर्वेद अनुसन्धान इकाईलाई स्तरोन्नति गरी छुट्टै आयुर्वेदिक औषधी उत्पादन केन्द्रको विकास गरिनेछ ।’

होमोप्याथिक, आम्ची, प्राकृतिक, अकुपञ्च्रजस्ता वैकल्पिक चिकित्सा सेवालाई नागरिकको जीवनशैलीसँग आबद्ध गर्न आवश्यक कार्यक्रम सञ्चाालन गरिने मियाँले बताए । ‘आध्यात्मिक संस्थाहरूको समन्वयमा स्वजागरणर योग ध्यान लगायत आध्यात्मिक क्रियाकलापलाई विस्तार गर्न जिल्लास्तरसम्म योग प्रशिक्षकको व्यवस्था गरिनेछ,’ उनले भने,‘प्रतिरोधात्मक, उपचारात्मक र पुनस्र्थापनात्मक विधि अपनाई सक्षम स्वास्थ्य प्रणालीको विकास गरिनेछ ।’

जनस्वास्थ्य प्रयोगशालालाई थप सुदृढीकरण गरिने, विश्वलविद्यालय तथा अनुसन्धानमा क्रियाशील स्वास्थ्य संस्थासँगको सहकार्यमा स्वास्थ्य अनुसन्धान कार्य अघि बढाइनेछ र हालसम्म भएका स्वास्थ्य सम्बन्धी अनुसन्धानहरूको डिजिटलअभिलेखीकरण गरिने मियाँले बताए ।‘अपाङ्गता रोकथाम तथा पुनस्र्थापनाका लागि शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरमा पहुँच अभिवृद्धि गर्न अन्तरक्षेत्र समन्वय गरी लक्षित कार्यक्रम सञ्चालन गरिनेछ,’ उनले भने,‘मानव सेवा आश्रम, ज्येष्ठत नागरिक दिवा सेवा केन्द्रर वृद्धाश्रम लगायतका कल्याणकारी सामुदायिक संस्थाहरूको सञ्चालन तथा भौतिकसंरचना निर्माणमा आवश्यक सहयोग गरिनेछ ।’

तपाईको प्रतिक्रिया