सडक नजोडिएका कर्णालीका तीन पालिकामा सडक जोडिने


सुर्खेत । कर्णाली प्रदेशको आगामी आर्थिक वर्षको नीति कार्यक्रममा प्रदेशसभामा पेश गरिएको छ । सुदुरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले आर्थिक वर्ष २०८२÷०८३ को नीति कार्यक्रम पेश गर्दै सडकले नजोडिएका कर्णाली प्रदेशका तीन पालिकामा आगामी आर्थिक वर्षमा सडक जोड्ने बताएका हुन् ।



प्रादेशिक सडकसञ्जालल गुरुयोजनाको प्राथमिकताको सूचकाङ्कका आधारमा प्रादेशिक लोकमार्ग तथा प्रादेशिक सडकहरूको प्राथमिकता निर्धारण गरी कार्यान्वयन गरिने प्रदेश प्रमुख मियाँले बताए ।

‘सडक सञ्जालमा नजोडिएका डोल्पाको छार्का ताङ्सोङ र शे–फोक्सुण्डोतथा मुगुको मुगुमकार्मारोङ गाउँपालिकाको केन्द्रलाई राष्ट्रिय तथा प्रादेशिक सडक सञ्जालसँग जोड्ने कार्यलाई निरन्तरता दिँदै सञ्चा्लनमा रहेका सडकको क्रमशः स्तरोन्नति तथा मर्मतगरी सडक यातायातलाई सुरक्षित, सर्वयाम, भरपर्दो र दिगो बनाइनेछ,’ उनले भने,‘पक्की सडकले नजोडिएका स्थानीय तहका केन्द्रलाई पक्की सडकले जोड्न सङ्घ स्थानीय तहसँगको सहकार्यमा विशेष कार्यक्रम सञ्चावलन गरिनेछ ।’

अन्तर प्रदेश सडक सञ्जायल अन्तर्गत सुदूरपश्चिलम,लुम्बिनी तथा गण्डकी प्रदेश जोड्ने सडक निर्माणलाई प्राथमिकतामा राखिने र पर्यटकीय महत्व भएका स्थान र दूरी घटाउने झुलुङ्गे पुल निर्माण गरिने मियाँले बताए । ‘आधा घण्टाको हिँडाइ÷फेरोभित्र पहुँच पुर्याउन झोलुङ्गे पुल निर्माण गरी यसै आर्थिक वर्षभित्र प्रदेशबाट पूर्ण रूपमा तुइन विस्थापन गरिनेछ,’ उनले भने,‘ प्रादेशिक लोकमार्ग र प्रादेशिक सडकमा पर्नेसडक पुल निर्माण कार्यलाई निरन्तरता दिई सर्वयामसवारी साधन सञ्चािलन हुने व्यवस्था मिलाइनेछ ।’

ठूला नदी र बहुस्पानका सडक पुल डिजाइन एण्ड बिल्ड खरिद विधि मार्फत् निर्माण गर्ने नीति लिइने मियाँले बताए । ‘सार्वजनिक निजी साझेदारीमा निर्माण तथा सञ्चानलन गर्ने गरी द्रुत मार्ग, सुरूङ्ग मार्ग, जल यातायात, केवलकार, रज्जुमार्ग, रोपवे तथा पोडवे जस्ता यातायात सम्बन्धी आयोजनाको पूर्व सम्भाव्यता अध्ययन गरिनेछ,’ उनले भने,‘विद्युतीय भुक्तानी प्रणाली लागू गरी यातायात सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै एकद्वार सेवा प्रणालीको विकास गरिनेछ । सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षालाई व्यवस्थित गर्न प्रदेश सरकारको लगानीमा ट्रायल सेन्टर निर्माणको कार्य सम्पन्नि गरिनेछ । प्रदेशमा नै सवारी स्मार्ट चालक अनुमतिपत्र छपाई तथा वितरणको व्यवस्था मिलाइनेछ ।’

तपाईको प्रतिक्रिया