
वीरेन्द्रनगर । कालिकोट जिल्लाको सदरमुकाममा रहेको खाँडाचक्र नगरपालिका–३ को आधारभुत स्वास्थ्य केन्द्रमा स्थानीयले ताला लगाएका छन् । आधारभुत स्वास्थ्य केन्द्रका कर्मचारी करिब दुई हप्तादेखि कार्यालय बिहिन भएका छन् ।
पावर र पहुँच देखाउदै वडाका बिरामी नागरीलाई पटक पटक थर्काउने धम्काउने जस्ता क्रियाकलाव कर्मचारीबाट विभिन्न समयमा भएको भन्दै स्थानीयले ताला लगाएका हुन् ।
कार्यालयमा समयमा नआउने सरकारले निःशुल्क उपलब्ध गराएका औषधि पनि सेवाग्राहिलाई उपलब्ध नगराएको भन्दै स्थानीयले स्वास्थ्य संस्थामा ताला लगाएका हुन ।

विरामि नागरिकलाई दुःख दिनु राम्रो विषय नभएको भन्दै सोमबार खोकी लागेरर टाउको दुखेका बिरामी औषधि लिन जाँदा कार्यालय सहयोगीद्वारा आइरन चक्की वितरण गरेको भन्दै ताला लगाईएको हो ।

नागरिकको जीबनमा खेलवाड भएको स्थानीयको गुनासो छ ।


नेपाल कर्म । २० जेष्ठ २०८२, मंगलवार १३:३४