लागुऔषधसहित तीन जना पक्राउ



सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । लागुऔषध ट्रमाडोल ट्याब्लेटसहित आइतबार दिउँसो तीन जनालाई पक्राउ गरेको हो ।

वीरेन्द्रनगर–४ यरीचोकस्थित ५४ को रमेशबहादुर शाहीले सञ्चालन गरेको जयलक्ष्मी फार्मेसीबाट ट्रमाडोल दुई सय ४७ पिस र खाली ट्रमाडोल ट्याब्लेट चार सय १०ओटा बरामद सञ्चालकसहित तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता मोहनजंग बुढथापाले जानकारी दिए ।

पक्राउ पर्नेमा फार्मेसी सञ्चालक रमेशबहादुर शाही, २५ वर्षका हिक्मतजंग शाही, २५ वर्षमका प्रलाद अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया