तीन महिनापछि कर्णाली प्रहरीकाे प्रमुखमा माधव श्रेष्ठले पाए जिम्मेवारी

सुर्खेत । तीन महिनादेखि नेतृत्वविहिन बनेकाे कर्णाली प्रदेश प्रहरी कार्यालयकाे जिम्मेवारी माधवप्रसाद श्रेष्ठलाई दिइएकाे छ । नेपाल प्रहरीका ११ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गरेपछि श्रेष्ठले कर्णालीकाे जिम्मेवारी पाएका हुन् ।



कर्णाली प्रदेशमा भने गृहमन्त्रालयले कसैलाई पनि नपठाइ अहिलेसम्म रिक्त राखेको थियाे । कर्णाली प्रदेशका डीआईजी जनक भट्टराई २२ फागुन २०८१ मा एआईजीमा बढुवा भएका थिए ।

एआईजी भएपछि प्रदेश समन्यव विभागमा पदस्थापन भएका उनको ४ चैतमा अवकाश समेत भएको थियो । तर उनी बढुवा भएसँगै रिक्त रहेको कर्णाली प्रदेशको डीआईजी हालसम्म रिक्त थियाे । गृहमन्त्री रमेश लेखकले जेठ १३ गते बढुवाको निर्णय गरेको प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गरेपछि प्रहरी प्रधान कार्यालयले कर्णालीकाे प्रहरीकाे जिम्मेवारी श्रेष्ठलाइ दिएकाे हाे ।

बढुवासँगै कर्णाली प्रदेश प्रहरी कार्यालयकाे जिम्मेवारीमा श्रेष्ठलाइ शुक्रबार पदस्थापन गरिएको छ। श्रेष्ठ यसअघि डिएसपीहुँदा इलाका प्रहरी कार्यालय काेहलपुर, दैलेखकाे जिम्मेवारी सम्हालेका थिए ।

एसपीमा बढुवापछि श्रेष्ठ जिल्ला प्रहरी कार्यालय इलाम र एसएसपीहुँदा प्रदेश प्रहरी कार्यालय सुर्खेतमा कार्यरत थिए ।  डीआईजीमा बढुवा भएका सुदर्शन प्रसाद कोइराला विशेष ब्युरोमा पदस्थापन भएका छन्। यसअघि यहाँ कार्यरत डीआईजी सिद्धिविक्रम शाह एआईजीमा बढुवा भएपछि कोइरालालाई जिम्मेवारी दिइएको हो।

विनोद घिमिरेको प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएको छ। दिपेन्द्र घर्ती क्षेत्री राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र दिपक रेग्मी अन्वेषण योजना तथा विकास निर्देशनालयमा पदस्थापन भएका छन्।

दिलिप सिंह देउवा महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा र दिपककुमार बस्नेत प्रदेश समन्वय विभागमा पदस्थापन भएका छन्।  ओमबहादुर रानालाई अख्तियार, जयराज सापकोटा कार्य निर्देशनालय, संजिव शर्मा दास अपराध अनुसन्धान निर्देशनालय र सुरेन्द्रबहादुर गुरुङ कार्य विभागमा पदस्थापन भएका छन्। उनको दरबन्दी साइबर ब्युरोमा भएपनि काजमा त्यहाँ खटाउने निर्णय भएको हो।

तपाईको प्रतिक्रिया