सल्यानमा युवक मृत फेला


सुर्खेत । सल्यानमा एक जना युवक मृत फेला परेका छन् । शुक्रबार कुपिण्डे नगरपालिका–६ डुडाखोल–कुवाखोला नजिकै २३ वर्षीय शंकर बिसी मृत फेला परेका हुन् ।



जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी केशर न्यौपानेका अनुसार उनी रूखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

उनका अनुसार मृतकको चिउँडो, आँखा लगायत शरीरका केही ठाउँमा खत देखिएको छ । घटना शंकास्पद हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान थालेको छ ।

मृत फेला परेका बिसी रोजगारीको शिलशिलामा भारत जाने गरेका थिए । उनी ६ महिना पहिला मात्रै भारतबाट फर्किएका थिए ।

बिहीबार उनीसँगै स्थानीय युवाहरू मेलामा समेत गएको हुँदा त्यसबारे पनि अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले बताए ।

तपाईको प्रतिक्रिया