दैलेखको ठाँटीकाँधमा बाढीले बगाउँदा घट्ट गएकी किशोरी बेपत्ता

सुर्खेत । पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका-४ गैरेगाउँकी एक किशोरी बाढीमा बेपता भएकी छिन्। बेपता हुनेमा गैरेगाउँकी १७ वर्षीय उर्मिला कठायत रहेकी छन्।



बिहीबार उनी गहुँ पिस्न भन्दै घट्ट गएकी थिइन्। राती आएको वर्षाका कारण स्थानीय भुतगाड खोलामा आएको बाढीले उनलाई बगाएको स्थानीय‌ लवराज कठायतले जानकारी दिए।

उनको अहिलेसम्म कुनै पत्तो‌ लागेको छैन।

साथै बिहीबार रातीको बर्सातमा कारण गैरगाउँका दुई घरमा समेत‌ क्षति पुगेको छ। सडकका कारण माथिबाट बाढी आएर गैरागाउँका दुई स्थानीयको घरमा क्षति पुर्‍याएको हो।

यद्यपि मानवीय क्षति भने नभएको उनले बताए। गैरागाँउमा पनि बाढीका कारण धेरै खेत बारीहरू पुरेको छ।

तपाईको प्रतिक्रिया