बाजुरामा जिप दुर्घटना, टेलिकमका प्रमुखसहित ३ जनाको मृत्यु


बाजुरा । जगन्नाथ गाउँपालिकामा भएको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।



दुर्घटनामा धनगढी उपमहानगरपालिका घर भई हाल नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख ५५ वर्षीय लोकबहादुर खड्का, जिपचालक ४० वर्षीय करन महतरा र बडीमालिका नगरपालिका–७ निवासी २८ वर्षीय रवीन्द्र धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुईजना घाइते भएका छन् । उनीहरूको आधारभूत अस्पताल कोल्टीमा उपचारका भइरहेको छ ।

नेपाल टेलिकमको टावरमा सोलार प्यानल जोड्न पिलुचौरबाट गएको जिप दुर्घटना भएको हो ।

तपाईको प्रतिक्रिया