
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकमा विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् ।
बैठकको सुरुमा विशेष समय लिएर बोल्दै माओवादी केन्द्रका सांसद वर्षमान पुनले गृहमन्त्री लेखकको सचिवालय भिजिट भिसा प्रकरणमा मुछिएको भन्दै त्यसको छानबिनका लागि गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने बताए ।
उनले गृहमन्त्रीलाई अहिले नै दोषी करार नगर्ने भन्दै छानबिनका लागि पनि गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखे । उनले गृहमन्त्रीले मार्ग प्रशस्त नगरेसम्म बैठक अगाडि बढ्न नसक्ने बताए ।


विपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले गृहमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै संसद् अवरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।
गृहमन्त्री लेखकमाथि छानबिन आयोग गठन नगरेसम्म सदन अवरोध जारी रहने रास्वपाका सांसद शिशिर खनालले बताए ।

नेपाल कर्म । १३ जेष्ठ २०८२, मंगलवार १२:०१