
हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीको तिल गाउँमा गएको हिमपहिरोको अध्यायन गर्नका विज्ञ टोलीले काँजी हिमालमा तीन वटा हिमताल भेटाएको छ । विज्ञ टोलीले पाँच हजार तीन सय ५० मीटरमा रहेको हिमताल भएको स्थानसम्मै पुगेर अध्ययन गरेको हो ।
यसअघि दुई वटा हिमताल देखिएको स्थानमा तीन वटा ताल भेटिएको भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिष्ट शिवकुमार बास्कोटाले बताए ।

गत जेठ एक गते हिम ताल फुटेर पहिरो गएको आशंका गरिएको अवस्थामा त्यसको सत्य तत्थ्य पत्ता लगाउन विज्ञ टोली पुगेको छ ।

काठमाडौंबाट आएको तीन सदस्यीय विज्ञ टोली लिमीको तील गाउँमा पुगेर आईतबार हिमपहिरो सुरु भएको स्थानतर्फ गएको थियो ।
टोलीमा राष्ट्रिय विपद जोखिम तथा ब्यवस्थापन प्राधिकरणका शुसिलकुमार श्रेष्ठ, खानी तथा भू–गर्भ विभागका सिडिई शिवप्रसाद बास्कोटा र हाईड्रोलोजिस्ट ईन्जिनीयर सौहार्द जोशी रहेका छन् । काँजी हिमालमा दुई स्थानीयसहित पाँच जनाको टोली गएको वडाध्यक्ष पाल्जोर तामाङले बताए ।
यही जेठ १ गते रातीको बाढी र सुख्खा पहिरोका कारण नाम्खा गाउँपालिका–६ तिल गाउँका १८ घरका ३२ जना परिवार विस्थापित भएका छन् ।

नेपाल कर्म । १२ जेष्ठ २०८२, सोमबार १२:३५