
सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीको तिल गाउँमा गएको पहिरोको अध्यायन गर्नका विज्ञ टोली काजी हिमाल जाने भएको छ । पहिरोको अनुसन्धान गर्न तीन सदस्यीय विज्ञ टोली लिमीको तील गाउँमा पुगेका र आईतबार काँजी हिमालतर्फ जाने भएको हो ।
गत जेठ एक गते हिम ताल फुटेर पहिरो गएको आशंका गरिएको अवस्थामा त्यसको सत्य तत्थ्य पत्ता लगाउन विज्ञटोली पुगेको छ ।
काठमाडौंबाट आएको तीन सदस्यीयत विज्ञ टोली लिमीको तील गाउँमा पुगेको र आईतबार पपहिरो सुरु भएको स्थानतर्फ जाने नाम्खा गाउँपालिका– ६ का वडा अध्यक्ष पाल्जोर तामाङले बताए । सदरमुकाम सिमकोटबाट दुई दिन लगाएर तीन सदस्यीय टोली लिमी पुगेको हो ।


टोलीमा राष्ट्रिय विपद जोखिम तथा ब्यवस्थापन प्राधिकरणका शुसिलकुमार श्रेष्ठ, खानी तथा भू–गर्भ विभागका सिडिई शिवप्रसाद बास्कोटा र हाईड्रोलाृजिस्ट ईन्जिनीयर सौहार्द जोशी रहेको वडाध्यक्ष पाल्जोर तामाङले बताए । ‘टोली तील गाउँ पुगेको छ । अब पाँच हजार तीन सय मिटर उचाईको काँजी हिमालमा पुग्नेछ,’ उनले भने,‘दुई जना स्थानीय ब्यक्ति पनि जाने छन् ।’
टोली बिहीबार सदरमुकाम सिमकोट पुगेर लिमीतर्फ लागेको थियो । टोलीले गाउँको अध्यायन गरेर आइतबार काँजी हिमाल जाने योजना बनाएको हो ।

नेपाल कर्म । १० जेष्ठ २०८२, शनिबार १८:२१