यार्सा संकलन समूहबीच झडप, दुई राउण्ड हवाइ फायर


सुर्खेत । डोल्पामा यार्सा संकलन गर्ने समूहबीचमा झडप भएको छ । शनिबार दिउँसो डोल्पा जिल्लाको ठुलीभेरी नगरपालिका–१ ठाला लेकमा यार्सागुम्बा संकलन गर्न गएका दुई समूहबीच झडप भएको छ । पूर्वी रुकुम जिल्ला मैकोट गाउँपालिका र डोल्पाको काईके गाउँपालिका तथा ठुली भेरी नगरपालिकाका स्थानीयहरुबीच यार्सागुम्बा संकलनमा सीमा ईलाकाको विषयमा विवाद झडप भएको हो ।



अन्दाजी ६/७ सय जनाको संख्यामा रहेकाहरुबीच आपसी झडप भएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए । ‘स्थितिलाई नियन्त्रणमा लिनको लागि सशस्त्र प्रहरी बल नेपाल नं.४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको सुरक्षाफौजले एसएलआरबाट दुई राउण्ड हवाई फायर गरेको छ,’ उनले भने,‘अहिले त्यहाँको अवस्था सामान्य रहेको छ ।

तपाईको प्रतिक्रिया