मुख्यमन्त्रीकाे निर्देशनमा हुम्लाका हिमपहिरो पीडितलाई राहत


सुर्खेत । हुम्ला जिल्ला नाम्खा गाउँपालिका–६ तिल गाउँमा हिमपहिरो पीडितलाई कर्णाली प्रदेश सरकारले राहत पठाएको छ । मुख्यमन्त्री यामलाल कँडेलको निर्देशनमा  हिमपहिरो पीडित कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राहत पठाएको हो ।



जेठ १ गते राती हिमपहिरोमा परी जोखिममा रहेका स्थानीयहरुको लागि तत्काल राहतका सामग्री पठाइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए । उनका अुनसार आज बिहान ११ बजे सुर्खेतबाट आवश्यक राहत सामग्रीहरु त्यसतर्फ पठाईएको छ ।

जिल्ला प्रशासन कार्यालय, हुम्लाले माग गरे बमोजिम पाँच सेट टेन्ट (अस्थायी घर), बिस क्वीन्टल खाद्यान्न, अठार सेट सोलार र म्याट्रेस लगायतका राहतका सामग्रीहरु सम्बन्धित क्षेत्रमा पठाइएको प्रवक्ता गौतमले बताए ।

तपाईको प्रतिक्रिया