सुर्खेत । सुर्खेतमा भएका दुई वटा घटनामा तीन जना घाइते र एक जनाको मृत्यु भएको छ । कर्णाली राजमार्गको बड्डीचौर–तल्लोडुंगेश्वर सडक खण्डको अम्लिसेमा गुडी रहेको गाडीमा ढुंगा खस्दा चालक र एक जना यात्रु घाइते भएका हुन् ।
वीरेन्द्रनगरबाट दैलेखको दुल्लु जाँदै गरेको कर्णाली प्रदेश ०८७४ नम्बरको एसएमल गाडीमा माथिबाट खसेको ढुंगा लागेर भैरवी गाउँपालिका–३ का चालक ३० वर्षीय रमेश विक, ३३ वर्षीय पदम आचार्य र दुल्लु नगरपालिका–९ का ६२ वर्षीय लक्ष्मी पुरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजंग बुढथापाले जानकारी दिए ।
घाइते तीन जनाको अवस्था सामान्य रहेको र उद्दार गरेर उपचारका लागि प्रदेश अस्पताल ल्याइएको छ । अन्य यात्रुहरुलाई अर्को सवारीबाट गन्तव्यका लागि पठाइएको प्रहरीले जनाएको छ ।

यता, मदन भण्डारी राजमार्गको दशरथपुर–गुमी खण्डमा भएको मोटरसाईलक दुर्घटनामा चालकको मृत्यु भएको छ भने पछाडी सवार गम्भीर घाइते छन् ।

दशरथपुरबाट लेखफर्सातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००२ प ९७५२ नम्बरको मोटरसाईकल लेकवेशी नगरपालिका–३ मा रहेको बेवारे खोलाको पुलमा अनियन्त्रित भएर ठोक्कीदा चालक समिर सुनारको मृत्यु भएको हो । गम्भीर घाइते सुनार र पछाडी सवार १९ वर्षीय सन्तोष थापालाई उपचारका लागि प्रदेश अस्पताल लगिएको थियो ।
लेकवेशी नगरपालिका–१ का २० वर्षीय सुनारको उपचारको मृत्यु भएको र गम्भीर घाइते सोही ठाउँको थापालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।
भने लेकवेशीमा मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु भएको हो।

नेपाल कर्म । ७ जेष्ठ २०८२, बुधबार १९:२०