चोरी मुद्दामा कैद सजाय तोकिएका गिरी वीरेन्द्रनगरबाट पक्राउ

सुर्खेत । चोरी मुद्दामा कैद फैसला तोकिएका तर फरार रहेका एक जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर–४ भैरवस्थान बस्ने १८ वर्षीय खगेन्द्र गिरी हुन् ।



सुर्खेत जिल्ला अदालतले २०७८ फागुन १५ गते गिरीलाई चोरी मुद्दामा दोषी ठहर गर्दै एक वर्ष चार महिना २० दिन कैद सजायको फैसला गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता लक्ष्मणबहादुर शाहीले नेपालकर्मलाई जानकारी दिए ।

उनकाअनुसार गिरीलाई अदालतले १५ हजार जरिवना र एक हजार दुई सय रुपैयाँ क्षतिपूर्तीको तोकेको छ । विशेष सुराकीको आधारमा गिरी घरमै लुगेको अवस्थामा पक्राउ गरेर अदालतमा पेश गरिएको प्रवक्ता शाहीको भनाई छ ।

तपाईको प्रतिक्रिया