जनकल्याण विद्यालयको अध्यक्षमा मदन बिक निर्वाचित

दैलेख । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकामा रहेको जनकल्याण आधारभूत विद्यालयको अध्यक्षमा मदन वि.क. चयन भएका छन् । चामुण्डाबिन्द्रासैनी नगरपालिका–५ बान्द्रेखालीमा रहेको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा उनी चयन भएका हुन् ।



सदस्यमा वडा प्रतिनिधि लक्षण कार्की, शिक्षक सदस्य भद्रबहादुर बिक, खुल्ला सदस्यमा तुलाराम रेग्मी, माम्सरा दमाई, बहन्धरा शर्मा छन् ।

मनोनित सदस्यमा बिष्नु नेपाली, कवले कार्की र नगर प्रतिनीधी दिल्ली प्रसाद जैसी चयन भएको सदस्य सचिव दानप्रसाद शर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया