
सुर्खेत । कर्णाली प्रदेश सभाको सोमबार बसेको बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल (नेकपा माओवादी केन्द्र) उपस्थिति नभएपछि बैठक अवरूद्ध भएको छ ।
सभामुख नन्दा गुरुङले संसद् बैठक सञ्चालन गरे पनि सत्ता साझेदार दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले प्रतिपक्ष दलको उपस्थिति बिना संसद् अगाडि बढाउन नहुने धारणा राखेका थिए ।
सभामुख गुरुङले बैठक सञ्चालन गर्न लाग्दा संसद् प्रतिपक्षको हुने मान्यतालाई मध्यनजर गर्दै संसद् सञ्चालन नगर्न नेपाली कांग्रेसका सचेतक विष्टले सभामुखलाई आग्रह गरेका थिए ।


लगत्तै सभामुख गुरुङले जेठ १८ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराइन् ।

नेपाल कर्म । ५ जेष्ठ २०८२, सोमबार १९:०१