सेखाङलुग्वा खोलामा लेदोसहितको पहिरो : हुम्लाको तिल गाउँ जोखिममा


सुर्खेत। हुम्लाको नाम्खा गाउँपालिका–६ मा रहेको तिल गाउँमा जोखिममा रहेको छ । गत जेठ १ गते सेखाङलुग्वा खोलामा लेदोसहितको पहिरो आएपछि गाउँ जोखिममा परेको हो ।



पहिरोको जोखिम परेका १८ घरपरिवारका ३२ जनालाई जेठ १ गते राति नै विद्यालयमा राखिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए । ‘अहिले पनि त्रिपालमा बस्दै आएका छन्,’ उनले भने,‘२१ महिला, ९ जना पुरुष र २ बालक छन् ।’

पहिरोका कारण तिल्चुङ खोलामा रहेका ५ वटा काठे पुल बगाएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले बताए । ‘लेदोसहित पहिरो आउनुको कारणका बिषयमा अध्यायन भइरहेको छ ,’ उनले भने,‘जोखिममा परेको गाउँका मानिस अहिले सुरक्षित स्थानमा राखिएको छ ।’

तपाईको प्रतिक्रिया