दैलेख पुगेर प्रचण्डले भने,‘म पनि दैलेखी हो’



सुर्खेत । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री म पनि दैलेखी भएका छन् । जनतासँग माओवादी–मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत दैलेख सदरमुकाम नारायण नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा आफु पनि दैलेखी भएको बताएछन् ।

आफु दैलेखको भएको भन्दै उनले भने ‘म पनि यही दैलेखको हुँ,’ उनले भने,‘यहाँ आउन पाउँदा खुसी भएको छु ।’

प्रधानमन्त्री भएका बेला प्रचण्ड २०८० सालमा जेठ ३२ गते दाहाल वंशको दुल्लु नगरपालिका– १२ मा पर्ने दहगाउँमा पुगेर कुल शिरोमणि दाशुको सालिक अनावरण गरेका छन् ।

उनले दैलेख आफ्नो दैलेखी मात्र भएको नभनेर मध्यपहाडी राजमार्ग पनि आफै प्रधानमन्त्री भएको बेला सुरुवात गरिएको बताए । ‘म प्रधानमन्त्री भएको बेला यो राजमार्गको मार्गचित्र कोरिएको हो,’ उनले भने,‘यही राजमार्ग भएर अभियान चलाउन पाउँदा खुसी लागेको बताए ।

अछामको जिल्लाको मंगलसेनबाट दैलेख जिल्लामा आठबीस नगरपालिकाको राकम कर्णालीमा सर्वपक्षिय अन्तरक्रिया गरेका उनले आठबीस नगरपालिकाको राकम कर्णालीमा सहिद परिवारको घरमा विहानको खाना खाना खाएका थिए । चामुण्डाविन्द्रासैनी नगरपालिकाको जम्बुकांधमा, भैरवी गाउँपालिकाको चगर्तामा हुँदै भैरवीको जलजलेमा पेट्रोलियम पदार्थको उत्खनन भइरहेको ठाउँको अवलोकन गरेका थिए ।

नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिको बैठकमा सहभागी भएका उनले भोली सोमबार बिहान दैलेख बजारको कांडाचौरबाट कोतगडीसम्म मर्निङ वाक तथा डेकेन्द्र थापाको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ । भोली बिहान नै जिल्ला समन्वय समिति, दैलेखको हलमा सर्वपक्षिय भेटघाट कार्यक्रम राखेका उनले भगवतीमाई गाउँपालिकाको वेस्तडामा कार्यक्रम सकेर उनी जाजरकोट जानेछन् ।

तपाईको प्रतिक्रिया