
सल्यान । सल्यानको कालिमाटी गाउँपालिकाले वडास्तरमा न्यायमा नागरिकको पहँुच कार्यक्रम सुरु भएको छ । सरल, सहज, छिटो र मितव्ययी न्याय तथा न्यायमा नागरिकको पहुँच बढाउने उद्देश्य सहित कार्यक्रम सुरु गरिएको हो ।
वडा नम्बर २ र ३ बाट औपचारिक रूपमा आइतबारदेखी अभिमुखिकरण कार्यक्रम सुरु भएको हो ।
कानुनी जनचेतना विस्तार तथा विवाद निरूपण प्रक्रिया प्रभावकारी बनाउनका लागि यो कार्यक्रमले सहयोग पु¥याउने गाउँपालिकाका अध्यक्षदान बहादुर केसीले बताए । ‘न्यायीक समितिबाट अझ छिटो, सहज रुपमा न्याय प्रदान गर्न र सबैको बिश्वास जित्नका लागि योजनाबद्ध तरिकाले काम गर्नुपर्ने देखिन्छ’, उनले भने ।

आफुहरुले स्वतन्त्र र तटस्थ भई न्याय सम्पादन गरिरहेको गाउँपालिका उपाध्यक्ष तथा न्यायीक समितिका संयोजक सनसिल्ता वली डिसील बताइन् । संविधानले नै प्रत्याभूत गरेको सामाजिक न्याय व्यवहारमा लागू गर्न गाउँपालिकाले सक्रियताका साथ काम गरिरहेको उनको भनाइ छ ।
प्रमुख प्रशासकीय अधिकृत हर्क बहादुर वली, वडा नम्बर २ का वडा अध्यक्ष तथा न्यायीक समिती सदस्य इन्द्र बहादुर वली, वडा नम्बर ३ का वडा अध्यक्ष शिव बहादुर खत्रीले बोल्दै न्याय प्रणालीप्रति जनविश्वास बढाउन आवश्यक रहेकोमा जोड दिदँै सरल प्रक्रियाबाट मेलमिलापमा टुंग्याउन सकिने कतिपय विवादहरु जनचेतना अभावले जटिल बन्ने भएकाले न्यायिक समितिबाट समाधान पाउन सकिने धारणा राखेका थिए ।

अधिवक्ता गिर्दल बोहराले संविधान र न्यायिक समितिको परिचय संगै न्यायिक समितिको कार्यक्षेत्र, विवाद समाधान प्रक्रियामा अपनाउनु पर्ने विधि, उजुरी दर्ता प्रक्रिया र समाधानका उपायका बारे अभिमुखिकरण गरेका थिए ।
न्यायीक समितिबाट सम्पादित कार्यबारे अवगत गराउदै कालिमाटी गाउँपालिका न्यायीक शाखाका उजुरी प्रशासक विजय वलीले हाल सम्म १२० उजुरी दर्ता भएको बताए । उनका अनुसार आर्थिक वर्ष २०७४।०७५ देखि हालसम्म गाउँपालिकाको न्यायीक समितिमा दर्ता भएका १२० उजुरी मध्ये एउटामात्र प्रक्रियामा रहेको छ भने अरु सबै फछ्र्याैट भएका छन् । साथै उनले कार्यक्रममा सफल न्याय सम्पादनका उदाहरणहरु पनि प्रस्तुत गरेका थिए ।
विवादको सिर्जना हुने बित्तिकै नागरिक सँगै रहेको सरकारले तुरून्तै न्याय दिएको खण्डमा सबै नागरिकहरूमा न्यायिक पहुँच सरल र सहज हुने भएकाले कालिमाटी गाउँपालिकाले सचेतनाको अभियान सुरु गरेको हो । मध्यपश्चिम युवा मिलन केन्द्रको सहजीकरणमा संचालन भइरहेको यो कार्यक्रम अन्तर्गत कालिमाटी गाउँपालिकाका सातवटै वडामा अभिमुखिकरण हुनेछ ।
आइतबारको कार्यक्रममा कार्यपालिका सदस्य तथा न्यायीक समिति सदस्य विष्णु वली राजी, वडा सदस्यहरु लुध बहादुर गिरी, देव बहादुर बुढा मगर, विमला तारम मगर, प्रतिमा खत्री, भावना विक लगाएत स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको संचालन पत्रकार शंकर केसीले गरेका थिए ।

नेपाल कर्म । ४ जेष्ठ २०८२, आईतवार १६:५७