पाँचौ रारा ट्रेल–रन जेठ ९ मा हुँदै, प्रथम हुनेले ५० पुरुस्कार पाउने



सुर्खेत । पाचौं रारा ट्रेल–रन जेठ ९ गते रारा ताल किनारमा सञ्चालन गरिने भएको छ । नेपाली सेनाको हनुमान ध्वज गुल्मले पाँचौ रारा ट्रेल–रन गर्न लागेको हो ।

रारा ताल वरिपरीको १५ किलोमीटर दुरि दौडमा खुला महिला र खुला पुरुष दुई बिद्यामा खेलाडीहरु सहभागी हुन पाउने र जेठ ९ गते बिहान ७ बजे सुरु गरिने उक्त प्रतियोगितामा प्रथम हुने खेलाडीलाई ५० हजार, दोस्रो हुनेलार्इ ३० हजार र तेस्रो हुने खेलाडीलाई २० हजार पुरस्कार, प्रमाणपत्र र मेडलको ब्यवस्था रहेको हनुमान ध्वज गुल्म राराका गुल्मपती सेनानी खिमबहादुर अधिकारीले बताए ।

रारा ट्रेल( रन प्रतियोगितामा सहभागी हुन आउने खेलाडीले जेठ ४ गतेदेखि ८ गतेको १० बजे सम्म आफ्नो नाम दर्ता गराउन सक्ने सेनानी अधिकारीले बताए । ‘उनीहरुको मेडिकल जाँच सोहि दिन १२ बजे गरिने र इभेन्ट बृफ ३ बजे हुनेछ,’ उनले भने,‘दौड जेठ ९ गते बिहान ७ बजे सुरु हुने र दौडमा सहभागी हुने खेलाडीले मौसम सुहाउँदो खेल पोषाकमा उपस्थिति हुनु पर्नेछ ।’

कर्णाली प्रदेशको प्रमुख पर्यटकीय आक्रशणमा रहेको रारा ताललाई मुख्य पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न र कर्णाली प्रदेशबाट राष्ट्रियस्तरका एथ्लेटिक्स खेलाडीहरु पहिचान गर्ने उद्देश्य अनुरुप बार्षिक रुपमा आयोजना गरिने रारा ट्रेल–रनको पाचौं संस्करण गर्न लागिएको छ ।

तपाईको प्रतिक्रिया