जुम्ला । जुम्ला प्रहरीले लागूऔषध सेवन गरेका एक जनालाइ पक्राउ गरेकाे छ । जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-४ भारतीवाडा कोठा भाडा बस्दै आएका दुइ जनालाइ प्रहरीले पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा तिला गाउँपालिका-२ घरका अन्दाजी २६ वर्षीय प्रकाश बोहरा र कनकासुन्दरी गाउँपालिका-२ का अन्दाजी २३ वर्षीय खुम बहादुर रावत रहेका छन् । उनीहरूले लागूऔषध सेवन गरी रहेको छ भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट गएकाे प्रहरी टोलीले पक्राउ गरेकाे कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएकाे छ ।

बोहराको कोठामा खानतलासी गर्दा लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ नापतौल गर्दा शुद्ध ४० मिलिग्राम फेला परेकाे प्रहरीकाे भनाइ छ । दुवै जनालाइ नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेकाे प्रदेश प्रहरीले जनाएकाे छ ।


नेपाल कर्म । ७ असार २०८०, बिहीबार १३:४५