सुर्खेत । वीरेन्द्रनगरमा सडक दुर्घटना होस् वा अन्य विभिन्न राजनीतिक घटनाक्रममा हुने आन्दोलनको क्रममा ठूलो धनजनको क्षती हुने गर्दछ । सडकमा राखिएका जानकारीमूलक ट्राफिक संकेतदेखि व्यापारीक संरचनाहरुमा तोडफोड र आगजनीसम्म हुने गरेको छ ।

मुख्यगरी धुलियाविटदेखि बाँगेशीमल सडक खण्डको फोरलेन सडकमा राखिएका ट्राफिक संकेतहरु आन्दोलनकारीहरुको पहिलो निशानामा पर्दै आएका छन् । ट्राफिक संकेत भाँच्ने मात्रै हैन्, एक ठाउँका संकेत अर्को स्थानमा पु¥याउने गरिन्छ । हरेक आन्दोलनमा निशानामा पर्ने ट्राफिक संकेत र फोहोर राख्ने डस्विन नफालेसम्म आन्दोलन गर्नेहरुको मन अघाउदैन् ।

सडक सुरक्षा लागि जिल्ला ट्राफिक कार्यालय सुर्खेत हरेक पटक वीरेन्द्रनगरका सडकहरुमा ट्राफिक संकेत राखिएको हुन्छ । सडकमा आवतजावत गर्ने सवारी र पैदलयात्रीहरुको सहजताका लागि मात्रै ट्राफिक संकेत राखिदैन्, सडक दुर्घटना रोक्न ति संकेतको महत्वपूर्ण भूमिका रहन्छ ।
ट्राफिक संकेतमा जेव्राक्रस, गति सीमित, पार्किङ निषेध, सडकको भारवहान क्षमताका सवारी निषेध जस्ता थुप्रै संकेत प्रहरीले सडक किनारा वा विचमा राख्ने गरेको हो । तर आन्दोलनका क्रममा क्षती पु¥याएका ट्राफिक संकेतहरु पुनः राख्न जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले शुरु गरेको छ ।

मुख्य बजार क्षेत्रको सडक विस्तारको क्रममा हटाइएका ट्राफिक संकेतहरु राखिएको छ । फारलेन सडकमा विभिन्न समयमा आन्दोलनका क्रममा क्षती पु¥याएका ट्राफिक संकेत राख्नमा प्रहरीको टोली जुटेको छ । फोरलेन सडक, मुख्य बजार क्षेत्र र सहायक सडकहरुमा ट्राफिक संकेत राख्ने काम जारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख योगेन्द्र सिंह बुढाथोकीले बताए ।
‘हामी सबैको साझा उदेश्य सडक दुर्घटना न्यूनिकरण गर्नु हो,’ प्रमुख बुढाथोकीले भने, ‘ट्राफिक संकेत राख्दा सचेतना बढ्ने र हुन सक्न सम्भावित जोखिम न्यूनिकरण गर्नमा सहयोग पुग्ने भएकाले ट्राफिक यी कामलाई निरन्तरता दिएको हो ।’
बढ्दो सवारी चापका कारण नागरिकहरुमा सडक पार गर्ने प्रयाप्त चेतनाको कमीहुँदा वीरेन्द्रनगरमा दिनहुँ सडक दुर्घटना हुने गरेको बुढाथोकी बताउँछन् । सामान्यदेखि केही गम्भीर प्रकृतिका दुर्घटना प्रायः दैनिक पाँच वटासम्म घटना भइरहेको उनको भनाई छ । मानवीय र धनजनको क्षती रोक्नमा सबैले साथ दिन आवश्यक रहेको ट्राफिक प्रमुख बुढाथोकी बताउँछन् ।
उनले विद्यालयमा पुगेर ट्राफिक सचेतना, सडक सुरक्षाका लागि सवारी चालक र यात्रुहरुलाई ट्राफिक नियमको पलना लगायतका गतिविधिलाई समेत निरन्तरता दिँदै आएको बताए । दैनिक नियमित चेकजाँचसँगै मापसे जाँचलाई पनि निरन्तरता दिएको प्रमुख बुढाथोकीले उल्लेख गरे ।

नेपाल कर्म । ७ असार २०८०, बिहीबार १३:३९