
सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीहरु सल्बलाउन लागेकोले त्यो आन्दोलनलाई निस्तेज पार्न कार्यक्रतालाई निर्देशन दिएका छन् । सोमबार वाईसीएल नेपाल, कर्णाली प्रदेशको पहिलो सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा राजावादीहरु सल्बलाउन लागेको तिनीहरुलाई गाउँ गाउँमा निस्तेज पार्नअ निर्देशन दिएका हुन् ।
‘अहिले सबै पूर्वपञ्चहरू मिलेर जेठ १५ देखि आन्दोलन गर्ने भनेर घोषणा गरेका छन् । म विशेष अपिल गर्न चाहन्छु,’ उनले भनेका छन्, ‘उनीहरूको त्यो गतिविधिलाई निस्तेज पार्नका लागि हर गाउँमा, हर टोलमा जानुपर्नेछ । उनीहरूको प्रतिक्रान्तिकारी षड्यन्त्रको भण्डाफोर गर्नुपर्नेछ ।’
उनले राजावादीहरूले लगाएको घुर्कीविरुद्ध देशभरका जनता लाग्नुपर्ने जिकिर गरे ।

‘उनीहरू तीनै राजामहाराजा होइनन्, जसले अढाइ सय वर्ष राज गरेर संसारको सबैभन्दा बढी देशको दर्जामा ल्याउने यिनीहरू नै होइनन् ?,’ प्रचण्डले भने, ‘आफ्नै राजा र राजपरिवारको हत्या हुँदा, हत्यारा पत्ता लगाउने कुरामा आँ पनि गर्न नसक्ने कायर यिनै होइनन् ? यिनीहरूको घुर्कीविरुद्ध देशभरका जनताले प्रतिवाद गर्नैपर्छ ।’

राजावादीहरु चैत्र १५ गते टाउको उठाउन खोजेकाले एक पटक हामीले माओवादीको नेतृत्वमा तराईको अभियान छाडेर काठमाडौंमा एक चोटी समाजवादी मोर्चाको कार्यक्रममा गर्दा उनीहरु बिरुद्ध सुनारको सय चोट लुवारको एक चोट उनीहरुको आन्दोलनमा कमी आएको बताए ।
त्यस्तै, उनले आफुहरु संबिधान संसोधनको पक्षमा नै रहेको बताए । ‘प्रत्यक्ष राष्ट्रपति भए देशको स्थायीत्व हुन्छ भनेर हिजै नोट अफ डिसेन्ट लेखेका छौं,’ उनले भने,‘यो निर्वाचन प्रर्णाली एउटै स्थानीय तहको निर्वाचन लडदा करौडो करोड खर्च हुने जनताको पक्षमा हुन सक्दैन् । निर्वाचन प्रर्णाली परिवर्तन गरेर पूर्ण समानुपातिक मात्रै स्थायित्व हुन्छ ।’
यो निर्वाचन प्रणाली बदल्न खोजेको उनले बताए ।

नेपाल कर्म । २९ बैशाख २०८२, सोमबार १७:४३