मैले शेरा दरबारको फाइल खोल भनेको उनीहरुले हिक्मत गरेरन् : प्रचण्ड


सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुले भ्रष्टाचारी, दलालहरु बिरुद्ध सुशासनका लागि लागेको बताएका छन् । वाइसिएल नेपालको कर्णालीका प्रदेशका अधिवेशनका बोल्दै सुशासन कायम गर्न माओवादीका नेता जोडिएका भए स्वंयम म जोडिएको नछाड्न दिएको बताएका हुन् ।



आफुलाई शेरा दरबारसँग जोड्ने गरेको त्यसको फाइल खोल्न संसदमा बोल्दै त्यहाँ जोडिएका शेरा दरबारमा म जोडिएको भए फाइल खोल्न चुनौती दिएको बताए । ‘प्रचण्डको शेरा दरबारमा छ भने फाइल खोल भनेको थिएँ,’उनले भने, ‘तर उनीहरुले हिम्मत गरेनन् । किनकी मेरो केही थिएन । हामीले सुशासन, न्याय र समानताको कुरा गरेका छौँ ।’

वर्तमान सरकार दलाल, बिचौलिया र भ्रष्टाचारीको सरकार भएको बताए । ‘समाजवादको आधार तय गर्नका लागि नै भ्रष्टाचार विरुद्धको लडाइँ सुरु गरेको विषय अहिले सरकारमा भएकाहरूलाई मन नपरेका कारण आफू बाहिरिनु परेको छ,’ उनले भने,‘त्यसपछि दलालहरुको सरकार बनाएका हुन् ।’

तपाईको प्रतिक्रिया