
सुर्खेत । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्बा गुरुङले संघीय सरकारले कर्णालीलाई प्रमुख प्राथमिकतामा राखेको बताएका छन् । आज सुर्खेतको वीरेन्द्रनगरमा नेपाल टेलिभिजनको कर्णाली व्यूरो कार्यालयको उद्घाटन तथा रेडियो नेपालबाट खस भाषाको समाचार शुभारम्भ गर्दै आगामी बजेटमा वित्त आयोगको सिफारिस अनुरुप समपुरक र विशेष अनुदान वृद्धि गरिने उनले बताए । यसले कर्णालीको विकासमा टेवा पुग्ने बताए ।
डिजिटल कर्णाली प्रदेश बन्न लागेकोमा खुसी लागेको बताए । त्यसका लागि संघीय सरकारले सहयोग गर्ने उनले बताए । ‘सबै कुरा डिजिटल हुनका लागि त गाउँ—गाउँमा नेट, इन्टरनेटको विकास हुनुपर्यो, टावर निर्माण हुनुपर्यो,’ उनले भने, ‘तर कर्णालीमा त्यसको अवस्था कमजोर छ ।’
जनतालाई पहिलो प्राथमिकतामा राखेर कर्णाली प्रदेशका विभिन्न गतिविधिलाईलाई रेडियोसँगै टेलिभिजनमार्फत सुन्ने र देखाउने जिम्मेवारी पीएसवीले लिएको बताए ।


कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीलाई केन्द्रविन्दुमा राखेर नेपाल टेलिभिजनको कर्णाली व्यूरो कार्यालय र रेडियो नेपालबाट खस भाषाको समाचार शुभारम्भ गरिदिएको पीएसवीसँगै नेपाल सरकारलाई आभार दिए । उनले कर्णालीको भूगोललाई ध्यानमा राख्दै थप कर्णाली डिजिटलाईजेशन गर्न संघ सरकारलाई सहयोग गर्न आग्रह गरे ।

नेपाल कर्म । २९ बैशाख २०८२, सोमबार १२:५६