कर्णालीमा बालबालिका खोजतलास केन्द्र सञ्चालनमा


सुर्खेत । कर्णाली प्रदेशमा बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र सञ्चालनमा आएको छ । कर्णालीका बालबालिका हराएमा त्यसको खोजी कार्य गर्नका लागि बालबालिका खोजतलास केन्द्रको स्थापना गरिएको हो ।



कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीद्वारा आइतबार केन्द्रको औपचारिक उद्घाटन गरेका छन् ।

बालबालिकाको खोजतलासका लागि सहयोग पुग्ने उद्देश्यले आश्रयस्थलको रूपमा केन्द्र सञ्चालन गरिएको मन्त्री भण्डारीले बताए । ‘कर्णाली प्रदेशमा बालबालिकाको खोजतलासको लागि टोलफ्री नम्बर १०४ मा सम्पर्क गरी समस्या टिपाउन सकिनेछ,’ उनले भने,‘खोजतलास समन्वय केन्द्रमा प्रहरी र नेपाल टेलिकमको सहकार्य रहेको छ ।’

सामाजिक विकास मन्त्रालय अर्न्तगत सञ्चालनमा रहने मन्त्री भण्डारीले जानकारी दिए । ‘बालबालिकाको संरक्षण र सम्वर्द्धनमा टेवा पुग्नेछ,’ उनले भने,‘आगामी दिनहरूमा थप व्यवस्थित रूपले सञ्चालन गरिनेछ ।’

तपाईको प्रतिक्रिया