
सुर्खेत । जाजरकोट कारागारमा थुनामा रहेका एक कैदीले आत्महत्या गरेका छन् । भेरी नगरपालिका–१० निवासी २५ वर्षीय दीपक बुढाले आइतबार कारागारको शौचालयमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्तप्रसाद शर्माले बताए ।
डीएसपीका अनुसार बुढा २०८१ चैत ५ गते जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत जाजरकोटको आदेशमा पुर्पपक्षका लागी थुनामा राखिएका थिए र मुद्दाको अन्तिम फैसलाअघि नै उनले आत्महत्या गरेका हुन् ।
‘घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ’ उनले भने, ‘घटनास्थलको मुचुल्का उठाउने काम भइरहेको छ र आवश्यक प्रमाण संकलन भइरहेको छ ।’

उनको आत्महत्याको कारण खुल्न बाँकी रहेकाले घटनाको पृष्ठभूमि र सम्भावित कारणबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।


नेपाल कर्म । २८ बैशाख २०८२, आईतवार १७:१५