
सुर्खेत । अन्तरप्रदेश ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि कर्णाली प्रदेशले जितेको छ । स्पाइनल इन्जुरी संघ कोशी प्रदेशको आयोजनामा इटहरीमा भएको प्रतियोगितामा कर्णाली प्रथम भएको हो ।

कर्णालीले शनिवार फाइनलमा गण्डकी प्रदेशलाई ३४–३२ को स्कोरले हराउँदै उपाधि उचाल्न सफल भएको हो । च्याम्पियन बनेको कर्णालीले उपाधिसहित नगद ५० हजार रुपैयाँ पुरस्कार समेत पाएको कर्णाली प्रदेश पारा ओलम्पिक कमिटीका अध्यक्ष किरण सापकोटाले जानकारी दिए ।

प्रतियोगितामा कर्णालीकै रमेश खत्री उत्कृष्ट खेलाडी समेत चुनिए । फाइनल पुग्नुअघि सेमितफाइनलमा कर्णालीले कोशी प्रदेशलाई ३२–८ को फराकिलो स्कोरले पराजित गरेको थियो ।

नेपाल कर्म । २७ बैशाख २०८२, शनिबार २२:०८