नदीमा बेपत्ता किशोर अझै भेटिएनन्, सुर्खेतबाट गएका गोताखोर घटनास्थल पुगे


सुर्खेत । कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका किशोर अझै फेला परेका छैनन् । उनको खोजीका लागि शसस्त्र प्रहरी बलका गोताखोर सुर्खेतबाट घटनास्थलमा पुगेका छन् ।



कालिकोटको पचालझरना–४ जारकोटस्थित कर्णाली नदीमा शुक्रबार दिउँसो नुहाउने क्रममा नरहरिनाथ १ का १६ वर्षीय विराज बिष्ट बेपत्ता भएका थिए ।

प्रहरी र स्थानीयले शुक्रबार दिउँसोदेखि खोजी गर्दा नभेटिएपछि शनिबार सुर्खेतबाट आएको गोताखोर परिचालन गरिएको प्रजिअ नारायणप्रसाद भट्टराईले बताए ।

‘हिजोदेखि खोजी गर्दा भेटिएन,’ उनले भने, ‘सुर्खेतबाट गोताखोर झिकाएर घटनास्थल पुगेर खोजी सुरु गरिसकेको छ ।’

आफन्त भेटघाट गर्न गएका बिष्ट दिउँसो गर्मी भएर नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका थिए । किशोरको खोजीमा स्थानीय, जपपद र संशस्त्र प्रहरीको गोताखोर टोली परिचालन भएको जिल्ला प्रहरी प्रमुख टेकबहादुर रावतले बताए ।

तपाईको प्रतिक्रिया