दैलेख लाकुरीका थम्ब क्यान्सर राेगबाट थलिए, बचाइदिन अपिल

सुर्खेत । डुंगेश्वर गाउँपालिका-२ लाकुरी दैलखका थम्बबहादुर विष्ट राेजगारीकाे शीलशीलामा भारत जान थालेकाे १५ वर्ष भयाे । कमजोर आर्थिक अवस्थाकै कारण घर परिवारलाई सहजता होला भनेर थम्ब भारतको सुरतमा रोजगारी गरिरहेका थिए ।



घरको मुख्य खम्बा नै यतिबेला क्यान्सर रोगबाट थलिएपछि परिवारको विजोग बनेको छ । गाउँमा छोरा कक्षा १० र छोरी आठ कक्षामा पढ्छन् । चार महिनादेखि क्यासर रोगबाट थलिएका थम्ब जीवन मरणको दोसाँदमा छन् । रातदिन उनकी श्रीमती श्रीमानको स्याहरा सुसार गरिरहेकी छन् ।

मुखको क्यान्सर भएर भारतको सुरत नौसारी हस्पिटलमा उपचाररत रहेकाे डुंगेश्वर गाउँपालिका-२ का वडाध्यक्ष यामबहादुर विष्टले जानकारी दिए। चिकित्सकको सल्लाह अनुसार थम्बलाइ निरन्तर अस्पतालमै राखेर उपचार गर्नुपर्ने अवस्था रहेकाे उनले बताए ।

उपचार अत्यन्त महँगो भएकोले घर परिवारलाई आर्थिक रूपमा धान्न गाह्रो भइरहको उनकाे भनाइ छ । कठिन परिस्थितिमा सबै सहयोगी दाताहरु समक्ष आर्थिक सहयोग गरिदिन वडाध्यक्ष विष्टले अनुरोध गरेका छन् ।

‘तपाईहरुको सानो सहयोगले थम्बकाे नयाँ जीवन दिन सक्छ । कृपया सक्ने जति सहयोग गरी जीवन बचाइदिनुहोस्,’ विष्टले भने । जीवन बचाउन सहयोगका लागि डुङ्गेश्रर गाउँपालिका २ का वडा अध्यक्ष यामबहादुर विष्टलको नाममा रहेको सानिमा बैंकको खाता नम्बर ०६००११०६०००१४४३ सहयाेग गर्ने सकिनेछ ।

थम्बको उपचारका लागि बिहिबारसम्म संकलन भएको रकम १ लाख १० हजार वडाध्यक्ष विष्टले बिरामीका आफन्तलाई हस्तान्तरण गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया