कर्णाली प्रदेश सरकारले तीन वटा विद्ययेक पेश गर्ने निर्णय



सुर्खेत । कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रीपरिषद्को बैठकले तीन वटा विद्ययेक प्रदेशसभामा पेश गर्न स्वीकृत दिइएको छ ।

बैठकले ११ चैत २०८१ को पत्रबमोजिम कर्णाली प्रदेशसभामा दर्ता भएको ‘स्थानीय सेवा (गठन तथा सञ्चालनए ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक’ कर्णाली प्रदेशसभामा पेस गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।

त्यस्तै, ‘कर्णाली प्रदेश सशर्त अनुदानसम्बन्धी कार्यविधि, २०८२’ स्वीकृत गर्ने निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले बताए ।

‘कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ प्रशासन तथा विधेयक समितिबाट प्राप्त परिमार्जनसहितको विधेयक प्रदेशसभामा पेस गर्न आज बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको प्रवक्ता शाहले बताए ।

तपाईको प्रतिक्रिया