थापा दैलेख उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित


सुर्खेत । दैलेख उद्योग वाणिज्य संघको दशौं अधिवेशनबाट अध्यक्षमा नरेन्द्रबहादुर थापा निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा ३३१ मत प्राप्त गरी थापा निर्वाचित भएका हुन् ।



थापाले प्रतिद्वन्द्वी राजेशकुमार हमालले २१५ मत पाएको निर्वाचन अधिकृत दैलेख बारका सचिव प्रेम थापाले बताए ।

बिहीबार रातिदेखि थालिएको मतगणनाको अन्तिम परिमाण शुक्रबार विहान घोषणा गरिएको हो ।

परिणाम अनुसार बाँकी १६ जना सदस्यहरू पनि अध्यक्ष थापाको प्यानल नै निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया