वीरेन्द्रनगरको स्थापना दिवसमा नेपालकर्मका सम्पादक खड्का सम्मानित

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको स्थापना दिवसमा नेपालकर्म डटकमका सम्पादक सुशील खड्का सम्मानित भएका छन् । वीरेन्द्रनगरको ४९ औं स्थापना दिवसमा खड्का सम्मानित भएका हुन् ।



नगरपालिकाका विभिन्न गतिविधिहरुलाई पत्रकारिताका माध्यमद्वारा जनतालाई सूसुचित गर्ने र पृष्ठपोषण दिने काम गरेको भन्दै सम्पादक खड्कालाई सम्मानित गरिएको छ ।

सम्मानित खड्कालाई कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सम्मानपत्र प्रदान गरेका छन् । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, उपप्रमुख निलकण्ठ खनाल, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद बास्कोटासमेत सहभागी थिए ।

खड्कासँगै पत्रकारद्वय रेडियो भेरी एफएमका दीपा कोइराला र रातोपाटी कर्णाली प्रतिनिधि पंखबहादुर शाहीलाईसमेत नगरपालिकाले सम्मानित गरेकाे छ ।

तपाईको प्रतिक्रिया