डोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु


डोल्पा । डोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । डोल्पोबुद्ध गाउँपालिका–३ ताक्सी बस्ने ५२ वर्षीय धावा गुरुङको छोइला लेकमा चट्याङ लागेर मृत्यु भएको हो ।



बुधबार बेलुकी चौँरी धपाउन गएको बेला धावाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक मनीष थापाले बताए ।

धावालाई चट्याङ लागेको उनीसँगै गएका गाउँलेले देखेपछि प्रहरी र आफन्तलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया