
सुर्खेत । आइतबार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद्को बैठकले बैशाख २८ गते प्रदेशसभाको बैठक गर्ने निर्णय गरेको छ । बैशाख २८ गते दिनको ३ बजे प्रदेशसभाको बैठक आह्वानको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको हो ।

त्यस्तै मन्त्रीपरिषद्को बैठकले प्रदेश सचिव लक्ष्मीकुमार विकलाई मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा पदस्थापना गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा भूमी व्यवस्था, कृषि तथा सहरकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए ।

नेपाल कर्म । २१ बैशाख २०८२, आईतवार १८:२७