
सुर्खेत । कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशी उपचारको लागि संयुक्त राज्य अमेरिका जाने भएका छन् । उनी जेठ ५ गतेदेखि असार १३ गतेसम्म उपचारका लागि अमेरिका जाने भएका हुन् ।

जोशीलाई अमेरिकामा उपचारमा जानका लागि बैशाख १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृती प्रदान गरेको हो ।


प्रदेश प्रमुख जोशीको अनुपस्थितिमा उनले सम्पादन गर्दै आएका काम सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले गर्ने भएका छन् । मियाँलाई तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
नेपाल कर्म । २१ बैशाख २०८२, आईतवार १६:५१