डुंगेश्वरका पूर्व वडाध्यक्षलाई हामिकले आरोप लगाउँदै भने, ‘दलाली र भ्रष्टचारी’

सुर्खेत । सामाजिक सञ्जाल फेसबुकमा एक पूर्व वडाध्यलाई प्रमुख प्रशासकिय अधिकृतले दलाली र भ्रष्टाचारी लेखेको भाइरल बनिरहेको छ । डुंगेश्वर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत ललिकुमार थापाले वडा नम्बर २ का पूर्व वडाध्यक्ष राजुकुमार खत्रीलाई दलाली, भ्रष्टाचारी र स्वार्थ पूरा नभएपछि जेपनि गर्ने भनेर लेखेको हुन् ।



बैशाख १७ गते दिउँसो थापाले सामाजिक सञ्जाल फेसबुकमा पूर्व वडाध्यक्ष खत्री विरुद्ध लामै स्टाटस राखे । दिउँसो ३ बजेर २३ मिनेटमा थापाले राखेको स्टाटसमा भनेका छन्, ‘खत्री वडाध्यक्षहुँदा दुई वर्षजति सँगै काम गरे तर उनी भ्रष्ट व्यक्ति हुन् । आफ्नो स्वार्थ पूरा नभएपछि झुठ्ठा कुरा लेखेका हुन् ।’

डुंगेश्वर गाउँपालिकाका २ नम्बरका पूर्व वडाध्यक्ष खत्री हाल गाउँपालिकाको खेलकुद विकास समितिका अध्यक्ष हुन् । प्रमुख प्रशासकिय अधिकृत थापा र पूर्व वडाध्यक्ष खत्रीको जुहारी चल्नुको मुख्य कारण खत्री नै हुन् ।

बैशाख १७ गते विहान ८ः४४ मा खत्रीले सामाजिक सञ्जाल फेसबुकमा राखेको स्टाटसको प्रतिजवाफ प्रमुख प्रशासकिय अधिकृत थापाले दिएका हुन् ।

डुंगेश्वर गाउँपालिका २ का पूर्व वडाध्यक्ष राजुकुमार खत्री (बायाँ) र गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकतृ ललितकुमार थापा (दायाँ) ।

खत्रीले स्टाटसमा भनेका छन्, ‘एउटा शाखा अधिकृत घर जाँदा होस्, विवाह र पिपलपानी हाल्न सरकारी गाडी दुरुपयोग गर्न तथा कोठा सफा गर्न र कपडा धुने कर्मचारी राख्न पाइन्छ ? यसमा भ्रष्टाचार भएको छ ।’

खत्री यत्तिकैमा रोकिदैनन् उनले १७ गते विहान ९ः०१ बजे नै दोस्रो स्टाटस राख्दै प्रश्न गरेका छन्, ‘आफू वडाध्यक्षहुँदा असार मसान्तसम्म बस्छु भनेर हजुरी गर्नेलाई राम्रो काम नगर्दा सरुवा गरेको हैन् । फेरि अनियमितता गर्न किन डुंगेश्वर आएको ?’

खत्रीले लेखेको स्टाटसमा खास समस्या के भन्ने खुलेको छैन् । उनले प्रशासकिय अधिकृत भ्रष्ट भएको, सरकारी सवारीको दुरुपयोग गरेको आरोप र एक पटक गाउँपालिकामा काम गरिसकिएको कर्मचारी पुनः किन आएको भन्ने आक्रोश पोखेको देखिन्छ ।

दुई वटा स्टाटस राखेर रोकिएका खत्रीको जवाफ बैशाख १७ गते दिउँसो नै प्रमुख प्रशासकिय अधिकृत थापाले दिएको हुन् । उनले जुहारी हुनुको मुख्य समस्यासहित लामो स्टाटस राखेका छन् ।

‘माथिल्लो डुंगेश्वर बजारमा रहेको प्रहरी चौकी र डाँडापराजुलमा गाउँपालिका अध्यक्ष सुन्दरकुमार केसी र म गएका थियौं । प्रहरी चौकी बसेको भवनको एक कोठामा गाउँपालिका स्तरीय खेलकुद विकास समितिको एउटा टेबल र कुर्ची राखिएको रहेछ,’ स्टाटसमा थापाले लेखेका छन्, ‘चौक प्रमुखले सुरक्षाको कारण देखाएको र कोठा खाली गरिदिन अनुरोध गरेपछि गाउँपालिका अध्यक्ष ज्यूले फोन गर्नुभयो । जवाफमा उहाँ (खत्री) ले सार्दिनु भन्नुभयो ।’

खत्री भ्रष्ट र कर्मचारीलाई हप्काएर, तर्साएर आफ्नो स्वार्थ पूरा गर्ने व्यक्ति भएको आरोप थापाको छ । खत्रीले गाउँपालिकाका अधिकृत गगनबहादुर हमालर पदमप्रसाद न्यौपानेलाई यसअघि पनि यस्तै लेखेको र जिल्ला प्रशासन कार्यालयमा उजुरीपछि कागज गरेका थापाले खुलाएका छन् ।

थापाले जागिरको ३५ वर्षे सेवा अवधिमा गलत नगरेको, नियम कानुनअनुसार काम गरेको र सरुवा नै गर्ने भए गरिदिए हुन्छ पत्र आएको एक मिनेटमै कार्यालाय छाड्ने थापाले बताएका छन् ।

थापाले जवाफ फर्काएपछि खत्रीले राखेको तेस्रो स्टाटसमा भनिएको छ, ‘०७४ मा वडा अध्यक्ष निर्वाचित भय पश्चात् उनी (थापा) २ बर्ष गाउँपालिकाको कर्मचारी प्रमुख हुँदा प्रायः रक्सी खायर आउथे र भुक्तानी दिने ठेकेदार हुन या उपोभोता समिति हुन चेक साइन गर्दा मलाई केही हुन्न भन्दै पैसा माग्ने व्यक्ति हुन् ।’

यता, पूर्व वडाध्यक्ष खत्रीले प्रमुख प्रशासकिय अधिकृतले लगाएको आरोप निराधार र कपोकल्पित भएको प्रतिक्रिया दिएका छन् । ‘प्रहरी चौकी पछि गएको र यसअघि बाटै खेलकुदले प्रयोग गर्दै आएको भवन एक्काशी खाली गर्नुप¥यो भन्दा नराम्रो लागेको हो,’ खत्रीले भने, ‘हाकिमसँग मेरो फोन सम्वाद नि भएको हैन्, गाउँपालिका अध्यक्षको फोनबाट उल्टै धम्की र गाली बेइज्जत भएपछि मैले नि हाकिमका कर्तुत बाहिर ल्याएको हो ।’

खेलकुद बसेकाे भवन पिपलचाैतारी स्कुलकाे भएकाे र प्रहरीलाइ दिनै पर्ने भए बैठकबाट निर्णय गराैंला भन्दै हाकिम थापाले उल्टै अपशव्द बाेलकाे खत्रीले बताए । ममाथिकाे लगाएका आरोप मिथ्या र कपोकल्पित भएको उनको भनाई छ ।

उनले गाउँपालिकाको एउटा जिम्मेवार प्रमुख प्रशासकिय अधिकृतले लगाएको आरोप विरुद्ध कानूनी उपचार खोज्ने बताए । खत्री २०७४ सालकाे निर्वाचानमा नेकपा एमालेबाट वडाध्यक्षमा विजयी भएका थिए ।

हेर्नुहाेस् डुंगेश्वर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत ललितकुमार थापाले फेसबुकमा राखेकाे स्टाटस

हेर्नुहाेस् डुंगेश्वर गाउँपालिकाका पूर्व वडाध्यक्ष  राजु कुमार खत्रीले फेसबुकमा राखेका स्टाटस

तपाईको प्रतिक्रिया