भारत जान हिडेका रावतकोटका थापा वेपत्ता, खोजी दिन परिवारका अपिल

सुर्खेत । भैरवी गाउँपालिका–१ रावतकोट दैलेख घर भएका बखतबहादुर थापा वेपत्ता भएपछि परिवारले खोजी दिन अपिल गरेका छन् । ४७ वर्षीय थापा गत वर्ष फागुनदेखि वेपत्ता भएको र खोजीका लागि सहयोग गरिदिन परिवारले अपिल गरेका हुन् ।



भारतको गुजरात जान १५ फागुन २०८१ मा दैलेखबाट हिडेका थिए । चार दिनपछि अर्थात फागुन २० गते नेपालगञ्जबाट फोन सम्पर्क भएको उनका छोरी थिरु थापाले नेपालकर्मलाई जानकारी दिए ।

‘नेपालगञ्जबाट अन्तिम पटक फोन सम्पर्क भएपनि उहाँ (बुबा) पुग्नुपर्ने गन्तव्य गुजरात नपुगेपछि खोजी थालिएको हो,’ थिरुले भने, ‘सम्भावित सबै क्षेत्रहरुमा उहाँको खोजी गरेपनि हालसम्म उहाँको अवस्था थाहा हुन सकेको छैन् ।’

तस्वीरमा देखिएका व्यक्तिलाई कहीँ कतै देखेमा नजिकैको प्रहरी वा मोबाइल नम्बर 9864709117 (नेपाल) र 00919586449766 (भारत) मा सम्पर्क गरिदिन आफन्तले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया