सोती घटना: न्यायाधीश बर्खास्तीको माग, काठमाडौंमा प्रदर्शन



सुर्खेत । रुकुम पश्चिमको सोती घटनामा दलित युवक नवराज बिक लगायतको हत्या अभियोगमा संलग्नलाई सफाइ दिने उच्च अदालत सुर्खेतका न्यायाधीशहरू सोमकान्त मैनाली र मात्रिकाप्रसाद भण्डारीलाई तत्काल बर्खास्त गरी कानुनी कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

माइतीघर मण्डलामा ‘दलितका लागि दलित अभियान नेपाल’को आयोजनामा विरोध प्रदर्शन भएको हो ।

जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनामा उच्च अदालत सुर्खेतले प्रतिवादीहरूले पाएको जन्मकैदको सजाय सदर गरे पनि जातीय विभेद र छुवाछूतको कसुरमा जिल्ला अदालत रुकुम पश्चिमले दिएको आदेशलाई उच्चले बदर गरेको थियो ।

तपाईको प्रतिक्रिया