
अस्ट्रेलिया । हिमाली कल्चरग्रुप मेलवन अस्ट्रेलियाको आयोजना, इभेन्ट्स नेपाल अस्ट्रेलियाको साझेदारीमा विबाहित महिलाहरुमा केन्द्रित “मिसेस नेपाल अस्ट्रेलिया” आयोजना गर्ने भएको छ । विबाहित महिलाहरुको सहभागिता लाइ ध्यानमा राखि हिमाली कल्चरग्रुप मेलवर्नले पहिलो पटक मिसेस नेपाल अस्ट्रेलिया गर्न लागेको हो ।

महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाक कला तथा नेतृत्वदायी क्षमताको विकास साथै त्यसको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै अन्तर्राष्ट्रिय क्षेत्रमा एउटा सक्षम महिला र जिम्मेवार व्यक्तिको रुपमा अगाडि बढाउनका साथै नेपालको पर्यटनक्षेत्रमा सहयोग गर्ने हेतुले कार्यक्रम गर्न लागिएको छ ।
विगत दश वर्षदेखि अस्टेलियामा रहेर नेपाल र नेपाली समाजको लागि विभिन्न सामाजिक सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको हिमाली कल्चरग्रुपले यस वर्षदेखि निरन्तर रुपमा इभेन्ट्स नेपाल अस्ट्रेलियाको साझेदारीमा यो प्रतियोगितात्मक कार्यक्रम गर्न लागेको आयोजक हिमाली कल्चरग्रुप मेलवर्नका नविन श्रेष्ठले बताए । ‘यो कार्यक्रममा नेपालबाट अस्टेलिया आएर अस्ट्रेलियाभर विभिन्न पेशा व्यवसायीको रुपमा काम गरि रहनुभएका विबाहित महिलाहरु सहभागी हुन पाउनु हुनेछ,’ उनले भने,‘यस कार्यक्रममा ३० जना प्रतियोगी समावेश गराइने छ ।’
उक्त प्रक्रियाबाट छनौट भएका प्रतियोगीहरुलाई प्रशिक्षणको क्रममा शारारिक फिटनेश, जुम्वा, एरोविक्स, सेल्फ डिफेन्स, सेल्फ मेकअप, फोटो सेसन, टेवल म्यानर, व्यक्तित्व विकास सम्बन्धि पनि प्रशिक्षण, हिड्न बोल्न साथै प्रश्न उत्तर सिकाइने आयोजक श्रेष्ठले बताए । उनका अनुसार स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा भने अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजीन शाक्यले प्रशिक्षण गर्नेछन् ।

साथै नेपालमा विगत १६ बर्षदेखि निरन्तरुपमा विभिन्न कार्यक्रमहरु सन्चालन तथा आयोजना गर्दै आइ रहेको सिजन मिडियाले व्यवस्थापन गर्ने, उक्त कार्यक्रममा नेपाली कलाकार, पत्रकार ,समाजसेवी तथा विशिष्ट व्यक्तिहरुको सहभागी रहने आयोजक संस्थाले जनाएको छ ।

प्रतियोगिताका विजेताहरुले “मिसेस नेपाल अस्ट्रेलिया २०२५”को उपाधिसहित नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसारको लागि ब्राण्ड एम्बेसडर, नेपाल भ्रमणको गिफ्ट प्याकेज साथै अन्य दुई जना विजेताहरुलाई बालि भ्रमणको लागि हवाई टिकटहरु प्रदान गरिने छ भने लेटमिइन कोरीयन स्कीन हस्पिटल नेपालको तर्फवाट ५० हजार बराबरको गिफ्ट भौचर प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । यस बाहेक अन्य उपहारहरु पनि प्रदान गरिने छ । अन्य विभिन्न १५ विधामा पनि उपविजेता छनौट गरिनेछ । विजेतालाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइने आयोजक संस्थाले जनाएको छ ।
यसका लागि आवेदन खुल्ला भइसकेको आयोजक संस्थाले जानकारी दिएको छ ।
नेपाल कर्म । १६ बैशाख २०८२, मंगलवार १७:४६