बराहतालमा माछाका भुरा छोडियो


सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका–४ मा रहेको बराहतालमा माछाका भुरा छाडिएको छ । ताललाई प्राकृतिक सौन्दर्यमा फर्काउनका लागि माछाका भुरा छाडिएका हुन् ।



सुर्खेतको प्रमुख पर्यटकीय स्थलका रुपमा रहेको बराहतालमा ६० हजार माछाका भुरा हाल्ने लक्ष्य राखिएको ३० हजार माछाका भुरा सोमबार तालमा छाडिएको बराहताल गाउँपालिका वडा नं. ४ का वडाअध्यक्ष बिर्खबहादुर सिजापतिले जानकारी दिए । ‘हिजो सोमबार दिन ३० हजार माछाका भुरा हालिएका छन्,’ उनले भने,‘भोली बुधबारका दिन थप ३० हजार माछाका भुरा हाल्ने लक्ष्य राखिनेछ ।’

प्राकृतिक ताल लतैयाहरु रहेको प्राकृतिक सौन्र्दयका रुपमा रहेका माछा हराउँदै गएका कारणले ग्रासकार्स जातका माछा राखिएको वडाध्यक्ष सिजापति बताए । ‘तालमा आन्तरिक पर्यटकहरुका लागि आकर्षक गन्तव्य बन्न सक्ने प्रशस्त सम्भावना छन्,’ उनले भने,‘ताल करिब १६ बिघा क्षेत्रफलमा फैलिएको छ । भेरी नदीको करिब एक सय ५० मिटर उचाइमा रहेको तालमा विभिन्न समयमा अनौठा प्रजातिका चराहरु देख्न सकिन्छ ।’

पर्यटकीय हिसाब निकै मनोरम रहेको तालमा संरक्षण तथा प्रर्बद्धन गर्नका लागि वडाले अहिले काम गरिरहेको वडाध्यक्ष सिजापतिको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया