
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रहरी प्रमुख (एसपी)मा सुधिरराज शाही हुने भएका छन् । यसभन्दा पहिलाका प्रहरी प्रमुख (एसपी) रुपेश खड्काको सरुवा भएका कारणले नयाँ प्रमुखमा शाही बनेका हुन् ।
शाही केन्द्रीय अनुसन्धान ब्युरो पिलर ८ सूचना संकलन, बिश्लेषण र अभिलेख व्यवस्थापन शाखा लाजिम्पाट, काठमाडौंमा कार्यरत रहेका थिए ।
खड्का प्रहरी प्रधान कार्यालयकाे इन्टरपाेल शाखा नक्सालमा सरुवा भएका छन् ।


प्रहरी प्रधान कार्यालयले ६३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ ।
प्रहरी महानिरीक्षकको यही २०८१ वैशाख १५ गतेको निर्णयअनुसार उनीहरूको सरुवा÷काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल कर्म । १५ बैशाख २०८२, सोमबार १७:४२