ताप्लेजुङ । केही दिन अघि गएको बाढी र पहिरोमा वेपत्ता भएका थप दुई जनको शव फेला परेको छ । प्रभावित जिल्ला ताप्लेजुङ, पाँचथर र संखुवासभामा नेपाली सेनाको टोलीले गरेको खोज तथा उद्दारका क्रममा ति शव भेटिएको हो ।


मेहेलेमा गएको प्रभावित क्षेत्रमा खोजी अभियान थाल्दा दुई जनाको भेटिएको ति शव हेलिकप्टरबाट झापा पु¥याएर आफन्त जिम्मा लगाइएको छ । घाइते एक जनालाई भने उद्दार गरेर झापा नै लगिएको छ । सेनाले सिदिङ्गावा गाउँपालिका–मेहेलेमा विस्थापित नागरिकहरुलाई राहत सामग्री र औषधी ढुवानी समेत गरेको छ ।


नेपाल कर्म । ६ असार २०८०, बुधबार १७:५४