
सुर्खेत । नेपाल राष्ट्र बैंकको ७० औं वार्षिकोत्सवको अवसरमा अन्तर बैंक फुटसल प्रतियोगिता आयोजना गरिएको छ । नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश कार्यालयको आयोजनामा कर्णाली प्रदेशस्तरीय चौथौ अन्तर बैंक फुटसल प्रतियोगिता आयोजना गरिएको हो ।

अन्तर बैंक फुलसल प्रतियोगितमा १६ वटा बैंकले भाग लिएको र प्रतियोगिता दुई दिनसम्म चल्ने नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश कार्यालयका प्रमुख राजनप्रसाद रेग्मीले जानकारी दिए । ‘स्थापना दिवसका अवसरमा बिक्तिय संस्थाको भाइचाराको सम्बन्ध होस भनेर फुलसल प्रतियोगिताको आयोजना गरिएको हो,’ उनले भने,‘यसले विक्तिय संस्थाहरुको आत्मियता पनि बढाउँछ ।’
फुटसल प्रतिगोगितामा विजेता टिमलाई पुरुस्कारको पनि व्यवस्था गरिएको रेग्मीले जानकारी दिए ।

राष्ट्र बैंकले पछिल्लो चरणमा विक्तिय साक्षरताका साथै बिभिन्न नविनतम काम गर्न थालेको बैंकर्स संघ कर्णाली प्रदेशका अध्यक्ष डा.सुरज टण्डनले बताए ।

नेपाल कर्म । १२ बैशाख २०८२, शुक्रबार १६:२६