गोताखोरको टोलीले निकाल्यो पोख्रेलको शव


सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका–४ भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका गोबिन्द्र पोखरेल शव निकालिएको छ । सशस्त्र प्रहरी बलको गोताखोरले ५० फिट गहिराइबाट निकालेका हुन् ।



पोख्रेल बेपत्ता भएसँगै सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत र नेपाल विपद् व्यवस्थापन बेस चिप्ले सुर्खेतबाट समेत खोजी कार्यका लागि टोली परिचालन गरिएको थियो । बिहीबार दिउँसो ५० फिट गहिराइबाट शव बाहिर निकाले सशस्त्र प्रहरी बलले जनाएको छ ।

सोहि गाउँपालिका बस्ने पोख्रेल मलामी गएको र पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

तपाईको प्रतिक्रिया