जुम्लाका चित्र बुढा कान्छो ‘सेफ अवार्ड’बाट सम्मानित

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिका–३ मा रहेको ‘सुर एन्ड सुपुन्ना अर्गानिक’ होटेलका सञ्चालक चित्र बुढा कान्छो सेफ अवार्डबाट सम्मानित भएका छन् ।
करिब १० वर्ष कतार, दुबई र बहराइनलगायत देशमा सेफ भई काम गरी हाल आफ्नै जन्मथलोमा होटल व्यवसाय गर्दै आएका जुम्लाका युवा बुढा ‘ग्लोबल नेपाली सेफ अवार्ड २०२५’ बाट सम्मानित भएका हुन् ।
पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले यहाँ आयोजित एक कार्यक्रमकाबीच सम्मान गर्दैै विदेशमा सिकेको ज्ञान र सीप बाँडेर धेरै नेपालीलाई यस क्षेत्रमा ल्याउन सफल युवा सेफ बुढाको योगदान सदैव स्मरणीय रहने बताए ।
सेफ बुढाले जुम्लामा स्थानीय परिकारमात्र उपलब्ध हुने होटल सञ्चालन गरेका छन् । पछिल्लो समय सदरमुकामसहित जुम्लाका विभिन्न बजार क्षेत्रमा होटेल व्यवसाय गर्न चाहानेहरूलाई उहाँले सेफको तालिम दिँदै आएका छन् ।
स्वदेश तथा विदेशमासमेत काम गरेको अनुभवका आधारमा कान्छो सेफका रूपमा सम्मानित हुन पाउँदा आफूलाई एक भाग्यमानी ठानेको बताउँदै उनले भने, “सदैव कामलाई सम्मानगरी अघि बढे एक दिन सफल भइने रहेछ, इमानदार एवं लगनशील भई पेसा व्यवसायमा लाग्नुहोस्, अवश्य सफल भइन्छ, सबैमा मेरो अनुरोध यही छ ।”
तपाईको प्रतिक्रिया